गएराति रुपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्।
दाङबाट काठमाडौँ तर्फ आउँदै गरेको रा १ ख २७८३ नम्बरको बस गएराति करिब १२ बजे पूर्वपश्चिम राजमार्गमा पर्ने सैनामैना नगरपालिका -१० सालझन्डीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
‘सालझण्डी बजार नजिकैको पुलमा बिग्रेर रोकिएको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा बस दुर्घटनामा परेको हो,’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहर प्रसाद भट्टले नेपालखबरसँग भने, ‘दुर्घटनामा बसका चालक र यात्रुसहित ४३ जना घाइते भएका छन्। जसमध्ये एक जनाको अवस्था गम्भीर छ।’
घाइतेहरुको चौराहा हस्पिटल बुटवल, एडमनसिटि हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचार भइरहेको उनले बताए।
डीएसपी भट्टका अनुसार दुर्घटनामा नामथर र वतन नखुलेका बसका सहचालक गम्भीर घाइते भएका छन्।
Shares
प्रतिक्रिया