ad ad

समाज


दाङमा बाढीले बगाउँदा १ को मृत्यु, अर्का १ बेपत्ता

दाङमा बाढीले बगाउँदा १ को मृत्यु, अर्का १ बेपत्ता

नेपालखबर
असार २३, २०८१ आइतबार ५:४०, दाङ

अविरल वर्षाका कारण दाङको गढवा गाउँपालिका–५ स्थित गङ्गदी खोलामा आएको बाढीले  रा १ त २१६६ नम्बरको ट्र्याक्टर पल्टाउँदा एकजनाको मृत्यु भएको छ। 

खोलाले ट्र्याक्टर पल्टाउँदा सोही ठाउँका ५५ वर्षीय छेदीराम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिए। 

त्यसैगरी शनिबार अविरल वर्षाका कारण लमही नगरपालिका–७ हस्नापुरस्थित राप्ती नदीको आएको बाढीमा फसेकामध्ये दुईजनाको सकुशल उद्धार गरिएको छ भने एकजना बेपत्ता भएका छन्।

दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार राजपुर गाउँपालिका–२ का तीनजना किसान लमहीबाट घर फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए । तीनजनासँगै रहे पनि एकजनालाई बाढीले बगाएको हो भने दुईजना सिमलको रूखमा चढेकालाई सुरक्षाकर्मीले उद्धार गरेका हुन्। 

राजपुर गाउँपालिका–२ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरिएको हो। उनीहरूसँगै साथमा रहेका १८ वर्षीय राजकुमार यादव बाढीमा बगेर बेपत्ता भएका दाङका प्रहरी प्रमुख केसीले जानकारी दिए।
    

अविरल वर्षाका कारण लमही नगरपालिका–७ हस्नापुर, राप्ती गाँउपालिका–५ लठ्हवाका दर्जनौँ घर डुबानमा परेका छन्। 

वर्षाका कारण तुलसीपुर–घोराही सडक बन्द भएको छ । सो सडकखण्डमा पर्ने  सेवार खोलामा पुल निर्माण भइरहेको र त्यहाँ निर्माण भएको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको हो। 

वर्षाका कारण राप्ती लोकमार्गअन्तरर्गत तुलसीपुर सल्यान सडक पनि अवरुद्ध भएको  छ । कपुरकोटदेखि तल पहिरोसहितको लेदो माटो खस्दा बाटो अवरुद्ध भएको हो ।  बबई नदीमा पनि बाढी आएको छ । स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्यूठानको चकचकेमा पहिरो खस्दा दाङको भालुवाङ–प्यूठान सडक पनि अवरुद्ध भएको छ । त्यस्तै, रोल्पाको सहिदमार्ग, पहिरोका कारण सडक अवरुद्ध भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .