ad ad

समाज


मोटरसाइकको ठक्करबाट अनियन्त्रित बनेको स्कुटरलाई जिपले ठक्कर दिँदा २७ वर्षीया युवतीको मृत्यु

मोटरसाइकको ठक्करबाट अनियन्त्रित बनेको स्कुटरलाई जिपले ठक्कर दिँदा २७ वर्षीया युवतीको मृत्यु

नेपालखबर
भदौ ४, २०८१ मंगलबार ८:३३, रुपन्देही

रुपन्देहीमा तीनवटा सवारी साधन आपसमा ठोकिँदा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ।  

सोमबार राति बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको बोलेरो जिप, बँदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको नम्बर नखुलेको मोटरसाइकल र मुर्गियाबाट बुटवलतर्फ आउँदै गरेको स्कुटर आपसमा ठोकिँदा २७ वर्षीया युवतीको मृत्यु भएको हो। 

मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क घर भई हाल बुटवल उपमहानगरपालिका–११ देविनगर बस्दै आएकी २७ वर्षीया सुष्मा श्रेष्ठ छिन्।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक दिपेन्द्र बानियाँका अनुसार युवती लु ८७ प ४५७३ नम्बरको स्कुटरमा सवार थिइन्। 

मुर्गियाबाट बुटवल तर्फ आउँदै गरेकी श्रेष्ठलाई बुटवल उपमहानगरपालिका–१२ शान्तीचोकमा नम्‍बर नखुलेको मोटरसाइकलले सुरुमा ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट अनियन्त्रित भएको स्कुटर लु १ च ६७८३ नम्बरको बलेरो जिपमा ठोकिँदा युवतीको मृत्यु भएको हो।

दुर्घटना परी गम्भीर घाइते भएकी श्रेष्ठको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .