ad ad

समाज


सर्लाहीमा साइकलबाट सडकमा खसेका मजदुरलाई ट्रकले किच्यो

सर्लाहीमा साइकलबाट सडकमा खसेका मजदुरलाई ट्रकले किच्यो

नेपालखबर
पुस ४, २०८० बुधबार १३:१५, काठमाडौँ

सर्लाहीमा ट्रकको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ।

मंगलबार साँझ पूर्वपश्चिम राजमार्गमा पर्ने लालबन्दी नगरपालिका- १ नबलपुर बजारमा प्रदेश २- ०४ -००१ क ००१४ नम्बरको मिनी ट्रकले किच्दा सर्लाहीकै हरिपुर नगरपालिका- ७ घर भएका ५० वर्षीय रुदल दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका दनुवारलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। 

स्थानीय एक इँटा उद्योगमा काम गर्ने दनुवार मंगलबार दिनभरको काम सकेर साँझ साइकलमा घर फर्किंदै गर्दा अचानक बीच सडकमा लडेका थिए। त्यति नै बेला तीव्र गतिमा आएको ट्रकले उनलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्।

ठक्कर दिएर भागेको ट्रकका चालकलाई मध्यराति सर्लाहीकै जुटपानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .