एक महिनाअघि सर्लाहीको हरिवनबाट नक्कली नोटका २५ बिटासहित पक्राउ परेका दुई युवा कारागार चलान भएका छन्।
लाई पक्राउ गरेको छ। २५ बिटाबाट एक लाख ७२ हजार रुपैयाँ नक्कली नोट र नोट साइजमा काटिएका खाली कागजका बन्डल बरामद गरिएको प्रहरीले जनाएको छ।
सर्लाहीको बलरा नगरपालिका- ७ का २३ वर्षीय अमरेन्द्र महरा र रौतहटको माधवनारायण नगरपालिका- २ का ३६ वर्षीय सन्जय सहनी जिल्ला अदालतको सर्लाहीको आदेशानुसार कारागार कार्यालय मलंगवा चलान भएका इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए।
गएको माघ १८ गते उनीहरु प्रदेश-२-०२७ प ४२५६ नम्बरको मोटरसाइकल र बीआर ३० एसी ८३१८ नम्बरको भारतीय मोटरसाइकलसहित हरिवनबाट समातिएका थिए।
उनीहरुको साथबाट एक हजार दरका १ सय ७२ थान नक्कली नोटसहित २१ बन्डल नोट साइजमा कटिङ गरिएको सादा कागज प्रहरीले बरामद गरेको थियो। प्रहरीले उनीहरुको साथबाट केही मात्रामा गाँजा पनि बरामद गरेको थियो।
उनीहरु नक्कली नोटको कारोबार गर्ने गिरोहका सदस्य भएको आशंकामा प्रहरीले थप अनुसन्धन अघि बढाएको छ।
उनीहरुले हजार दरका नक्कली नोटलाई तलमाथि राखेर बीचमा हजार नोटको आकारमै कटिङ गरिएका कागजको बण्डल तयार पारेका थिए। जुन हेर्दा दुरुस्त हजार दरका नोटको बन्डल जस्तो देखिन्थ्यो। त्यस्ता बण्डल २१ थान बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी चार बन्डललमा भने बाहिर हजार दरका नक्कली नोट र त्यसको भित्रपट्टी टेस्टी विस्कुटका २० पुरिया राखेर र्यापिङ गरेको अवस्थामा फेला परेको थियो।
Shares
प्रतिक्रिया