लेबनानलाई हराउँदै नेपाल वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्न सफल भएकामा पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय महिला फुटबल टोलीलाई बधाई दिएका छन्।
साथै उनले फाइनल खेलमा पनि जोर्डनलाई हराउँदै उपाधि जित्न शुभकामना दिएका छन्।
वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल पुग्नुलाई ‘छोरीहरूको चमत्कार’ भन्दै सभापति लामिछानेले अन्तिम समयमा जितका लागि निर्णायक गोल गर्ने प्रिती राईलाई विशेष बधाई दिएका छन्।
‘छोरीहरूको चमत्कार! लेबनानलाई २–१ ले पराजित गर्दै वाफ वुमन्स च्याम्पियनसिफको फाइनल प्रवेश गरेकोमा नेपाली टिमलाई बधाई। अन्तिम मिनेटको उत्कृष्ट निर्णायक गोलका लागि प्रिती राईलाई झन् बधाई’, लामिछानेले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘फाइनलमा जोर्डनलाई पराजित गरेर उपाधि भित्र्याउने आत्मबल र खेल कौशल झनै बढोस्, शुभकामना!’
Shares
प्रतिक्रिया