ad ad

समाज


६ महिनापछि मधेसमा वर्षा, सिराहामा ३० मिलिमिटर पानी पर्‍यो

६ महिनापछि मधेसमा वर्षा, सिराहामा ३० मिलिमिटर पानी पर्‍यो

फाइल तस्बिर


नेपालखबर
चैत ७, २०८० बुधबार ९:१, काठमाडौँ

६ महिना लामो खडेरीपछि मधेसका धेरै भूभागमा वर्षा भएको छ। गएको असोजदेखि मधेसमा वर्षा भएको थिएन।

गएरातिदेखि नै मधेशका धेरै ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले पनि, वीरगञ्ज, निजगढ, हरिवन, लालबन्दी, बर्दिबास, लाहान लगायतका क्षेत्रमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा भइरहेको मौसमविद् गोविन्द झाले जानकारी दिए। 

पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वर्षा सिराहामा भएको छ। ‘सिराहामा ३० मिलिमिटर वर्षा भएको छ,’ झाले नेपालखबरसँग भने, ‘त्यसैगरी जनकपुरमा ४ र वीरगञ्ज क्षेत्रमा पनि २ मिलिमिटर वर्षा भएको छ।’

लामो खडेरीपछि वर्षा हुँदा किसान खुसी भएका छन्। उखु रोप्ने तयारीमा रहेका किसानलाई यसले फाइदा हुने देखिन्छ। समयमै पानी नपर्दा यस वर्ष तराई मधेस क्षेत्रमा हिउँदे बालीबाट राम्रो उत्पादन लिन नसकिएको किसानले बताएका छन्। 

आज मधेस, कोशी र बागमती प्रदेशका धेरै भूभागमा वर्षाको सम्भावना रहेको झाले बताए। ‘मधेस, कोसी, बागमती प्रदेशमा आज दिनभरी नै मौसम बदली हुनेछ। सिन्धुली, हेटौँडासहित धेरै ठाउँमा अहिले पनि वर्षा भइरहेको छ,’ झाले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .