ad ad

समाज


रौतहटमा २ वटा भारतीय मोटरसाइकल आपसमा ठोक्किँदा १ युवकको मृत्यु, २ घाइते

रौतहटमा २ वटा भारतीय मोटरसाइकल आपसमा ठोक्किँदा १ युवकको मृत्यु, २ घाइते

दुर्घटनामा परेको माेटरसाइकल


नेपालखबर
चैत १९, २०८० सोमबार ६:२५, राैतहट

रौतहटमा दुईवटा भारतीय मोटरसाइकल आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।

आइतबार परोहा नगरपालिका ४ लौकाहास्थित हुलाकी सडक खण्डमा बीआर ०५ बीबी २८४० नम्बर र बीआर ३० यू २७६७ नम्बरको माटरसइकल आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार दुर्घटनामा रौतहटकै बोधिमाई नगरपालिका ४ घर भएका २५ वर्षीय सुरेश पासवानको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका पासवानलाई उपचारको लागि वीरगन्ज लगिएको थियो। वीरगञ्जस्थित एलएस न्युरो अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। 

दुर्घटनामा बीआर ३० यू २७६७ नम्बरको मोटरसाइकलका चालक रौतहटको परोहा नगरपालिका २ जिंगडवा घर भएका २२ वर्षीय शेख तबसिम आलम र सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँमा २५ वर्षीय शेख अलियास घाइते भएका छन्। 

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा परेका दुबै सवारी साधन अस्थाइ प्रहरी पोष्ट लौकाहामा राखिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .