ad ad

समाज


जनकपुर घुम्न गएका बर्दिबासका ३ जना बालिका ३ दिनदेखि बेपत्ता

जनकपुर घुम्न गएका बर्दिबासका ३ जना बालिका ३ दिनदेखि बेपत्ता

नेपालखबर
जेठ १७, २०८१ बिहिबार ७:४०, काठमाडौँ

महोत्तरीको बर्दिबासबाट जनकपुर घुम्न भएका तीनजना बालिका विगत तीन दिनदेखि बेपत्ता भएका छन्। 

बर्दिबास नगरपालिका १ का १० देखि १३ वर्ष उमेर समूहका तीनजना बालिका गएको मंगलबार जनकपुर गएदेखि नफर्किएका अभिभावकले बताएका छन्। 

इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रेवतीरमण पोखरेलले पनि बालिकाहरु बेपत्ता भएको घटनाको पुष्टि गरे। 

‘गएको मंगलबार जनकपुरको भाटभटेनी घुम्न भनेर गएका तीनजना बालिका घर नफर्किएका भनेर अभिभावकले हामीलाई जानकारी गराउनु भएको छ,’ डीएसपी पोखरेलले नेपालखबरसँग भने, ‘हामी उनीहरुको खोजी र घटनाको थप अनुसन्धान गरिरहेका छौँ।’

बेपत्ता हुने बालिका एउटा १० वर्षकी छन् भने बाँकी २ जना १३-१३ वर्षका छन्। 

उनीहरु बर्दिबासमै रहेको देउराली मावि र ग्लोवल एकेडेमीमा अध्ययनरत रहेका आफन्तले बताएका छन्। 

बर्दिबास नगरपालिका- १ का वडाध्यक्ष भोला खड्काले हराएका बालिकाको विषयमा थप बुझ्ने काम आफूले पनि गरिरहेको जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .