सर्लाहीको बागमतीमा खेतमा काम गरिरहेको बेला चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
बागमती नगरपालिका–१ की ६४ वर्षीया गोमा आले मगरको शुक्रबार परेको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
चट्याङ लागेर गम्भीर घाइते भएकी मगरलाई उपचारका लागि वीरगन्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।
आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ मगरलाई चट्याङले लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
96
Shares
प्रतिक्रिया