भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा प्रहरीले महोत्तरीबाट दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ बाट छ सय ११ किलोग्राम गाँजासहित बुधबार राति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता सन्तुलालप्रसाद जैसवालका अनुसार पक्राउ पर्नेमा विहारको मोतिहारीका २५ वर्षीय गुड्डुकुमार यादव र सोही ठाउँका २९ वर्षीय मनिषकुमार गिरी रहेका छन्।
मिनी ट्रक प्रयोग गरेर उनीहरूले गाँजा तस्करीको प्रयास गरेका थिए। तस्करीमा प्रयोग भएको सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको जैसवालले बताए। रासस
27
Shares
प्रतिक्रिया