ad ad

समाज


बारामा ३ जना सवार मोटरसाइकलमा रुखको हाँगो बजारियो

एक युवतीको घटनास्थलमै मृत्यु, २ जना घाइते
बारामा ३ जना सवार मोटरसाइकलमा रुखको हाँगो बजारियो

फाइल तस्बिर


नेपालखबर
साउन ३०, २०८१ बुधबार ९:६, बारा

बारामा सडकमा गुडिरहेको मोटरसाइकलमा रुखको हाँगो बजारिँदा एक युवतीको मृत्यु भएको छ। 

दुर्घटनामा अन्य दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। 

मंगलबार दिउँसो निजगढ नगरपालिका– ११ स्थित भित्री सडकमा भुरकुट जातको रुखको हाँगा भाँचिएर लाग्दा मोटरसाइकलमा सवार तीन जना घाइते थिए। 

निजगढ नगरपालिका– १० स्थित लालगाउँबाट रतनपुर जाँदै गरेको प्र२–०२–०१७ प ९६३५ नम्बरको मोटरसाइकलमाथि रुखको हाँगो बजारिँदा घटना भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए। 

दुर्घटनामा निजगढ नगरपालिका– ११ निवासी सुमन बम्जनकी पत्नी २२ वर्षीया अस्मिता मोक्तानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ।

मोटरसाइकलमा सवार निजगढ नगरपालिका– ११ कै १८ वर्षीय सन्देश बम्जन र निजगढ १३ निवासी मानबहादुर बम्जनकी पत्नी २२ वर्षीया बिनिता ब्लोन घाइते भएका कुशवाहाले बताए।

‘सन्देशको सामुदायिक प्रसूति गृह अस्पताल निजगढ र बिनिताको मुहमदीन मेडिकल निजगढमा उपचार भइरहेको छ। उनीहरु दुबै खतरामुक्त छन्,’ कुशवाहाले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .