ad ad

समाज


बाढी हेर्न खोलामा जाँदा...

बाढी हेर्न खोलामा जाँदा...

फाइल तस्बिर


नेपालखबर
असोज १३, २०८१ आइतबार ७:१६, महोत्तरी

महोत्तरीमा बाढीको चपेटामा परी दुई युवकले ज्यान गुमाएका छन्। 

सोनीखोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास–१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

सोनीखोलाको बाढी हेर्न गएका साह बाढीसँगै बगेका हुने भने शिरखोला तर्ने क्रममा लडेका थिङको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले जानकारी दिए।

यसैबीच, सोनीखोलाको बाढीले बगाएकी एक १२ वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ। रोहित साहसँगै उनी पनि बाढी हेर्न गएकी थिइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .