ad ad

समाज


गरिब राष्ट्रलाई खोप वितरण गर्ने उद्देश्यका साथ चीन कोभ्याक्स योजनामा आवद्ध

गरिब राष्ट्रलाई खोप वितरण गर्ने उद्देश्यका साथ चीन कोभ्याक्स योजनामा आवद्ध

नेपालखबर
असोज २३, २०७७ शुक्रबार ९:१,

चीनका विदेशमन्त्री वाङ यीले बिहीबार गाभी नामको भ्याक्सिन गठबन्धसँग सम्झौता गरेको जनाएको छ। गाभीले डब्लूएचओसँग मिलेर कोभ्याक्स योजनाको सह–नेतृत्व गरिरहेको बताइएको छ।

यस योजनाअनुसार विश्वका सबै मानिसले कोरोनाविरुद्धको खोपमा पहुँच पाउनेछन्।

चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले भनेकी छिन्,‘चीनले विकास गरेको खोप विश्वभरका देशलाई प्रदान गरिनेछ। सार्वजनिक हितको लागि हामी प्रतिज्ञा गर्दछौं। विकासोन्मुख देश यो योजनाको प्राथमिकतामा पर्नेछ।’

‘चीनका धेरै खोपहरू प्रमुख चरणमा प्रवेश गरिसकेपनि हामीले कोभ्याक्समा सामेल हुने निर्णय गर्यौ’ उनी भन्छिन्,‘विशेष गरी विकासोन्मुख देशहरुलाई खोपको उचित वितरण सुनिश्चित गर्न हामीले यो ठोस कदम चालिरहेका छौं र आशा छ अझ सक्षम देशहरु यसमा समावेश हुनेछन्।’

डब्लूएचओको कार्यक्रम अनुसार सन् २०२१ को अन्तिमसम्ममा विभिन्न राष्ट्रमा कोरोनाविरुद्धको खोपको २ अर्ब डोज वितरण गरिनेछ। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .