बाजुराको उच्च हिमाली भेगतिर गएरातिदेखि हिमपात सुरु भएको छ।
बाजुराका उच्च हिमाली क्षेत्रमा हिमपात र बेंसीतिर हल्का पानी पर्न सुरु भएको हो।
हिमपातको कारण चिसो बढेको बाजुराको गौमुल गाउँपालिका-१ अम्लिसका स्थानीयले बताएका छन्।
भारत उत्तर प्रदेशको न्यून चापीय क्षेत्र र पश्चिमी वायुको कारण यतिबेला नेपालको मौसम बदली भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव छ।
महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले यतिबेला सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको बताइन्।
33
Shares
प्रतिक्रिया