गएराति कैलालीको धनगढीमा स्कुटर दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका–६ मा से १ प २८५९ नम्बरको स्कुटर दुर्घटना हुँदा त्यसमा सवार बर्दियाको बाँसगढी नगरपालिका ४ बठौवाका २५ वर्षीय लालु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
दुर्घटनामा गम्भिर घाइते भएका चौधरीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कुलदिप चन्दका अनुसार दुर्घटनापछि स्कुटर चालक धनगढी ५ का २५ वर्षीय रमेश चौधरी पक्राउ परेका छन्।
मृतक लालु चौधरी स्कुटरको पछाडि सवार थिए।
30
Shares
प्रतिक्रिया