कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुने युवक ट्याक्टरका चालक हुन्।
पूर्वपश्चिम राजमार्गमा पर्ने लम्कीचुहा नगरपालिका ३ ढुंगे बजारमा शनिबार राति १२ बजे भे १ त ८७३५ को ट्याक्टर आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो।
दुर्घटनामा ट्याक्टर चालक सुर्खेतको पञ्चपुरी नगरपालिका(२ बस्ने २१ वर्षीय शेरबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा २० वर्षीय दिलबहादुर नेपाली गम्भीर घाइते भएका छन्।
दुबै घाइतेलाई उपचारको लागि लालरत्न अस्पताल लम्की पुर्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि शेरबहादुरलाई राति नै टीकापुर अस्पताल लगिएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दिलबहादुरको सोही अस्पतालमा उपचार भइरहेको छ।
6
Shares
प्रतिक्रिया