ad ad

समाज


३ दिनदेखि हराएकी २२ वर्षीया युवतीको शव भेटियो

३ दिनदेखि हराएकी २२ वर्षीया युवतीको शव भेटियो

नेपालखबर
असार १०, २०८१ सोमबार १४:२, दार्चुला

विगत तीन दिनदेखि बेपत्ता दार्चुलाकी एक युवतीको शव फेला परेको छ।  

लेकम गाउँपालिका-४ दमसैनाकी २२ वर्षीया हेमन्ती गिरीको शव बैतडीमा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।  

उनको शव  बैतडीको दशरथचन्द नगरपालिका ६ स्थित महाकाली र चमेलिया नदीको दोभान खुटिया भन्ने ठाउँमा फेला परेको हो।  

उनी यही असार ८ गतेदेखि घरबाट हराएकी थिइन्। उनको मृत्युको कारण नखुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .