ad ad

खेल


टी–२० विश्वकपको उद्घाटन खेलमा ओमान र पपुवा न्युगिनी भिड्ने (तालिकासहित)

टी–२० विश्वकपको उद्घाटन खेलमा ओमान र पपुवा न्युगिनी भिड्ने (तालिकासहित)

नेपालखबर
भदौ १, २०७८ मंगलबार १३:१४, काठमाडौँ

टी–२० विश्वकपको उद्घाटन खेलमा ओमान र पपुवा न्युगिनी भिड्ने भएका छन्। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मगंलबार आगामी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म युएई र ओमानमा हुने टि–ट्वान्टी विश्वकपको खेल तालिका सार्वजनिक भएको हो। 

सोही दिन बंगलादेश र स्कटल्यान्ड पनि खेल्नेछन्। 

पपुवा न्युगिनी र नामिबियाले पनि पहिलो पटक टि–२० विश्वकप खेल्न लागेका हुन्। 

तालिकाअनुसार पहिलो चरणका समूह ‘ए’को खेल आबुधावी र शारजाह तथा समूह ‘बी’का सबै खेल ओमानमा हुनेछ। 

समूह ‘ए’मा आयरल्यान्ड, नेदरल्यान्ड्स, श्रीलंका र नामिबिया छन्। समूह ‘बी’मा बंगलादेश, स्कटल्यान्ड, ओमान र पपुवा न्युगिनी छन्। समूहका शीर्ष दुई टोली सुपर १२ मा स्थान बनाउनेछन्। 

सुपर १२ को समूह एकमा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्टइन्डिजसँगै समूह ‘ए’को विजेता र समूह बीको उपविजेता रहनेछन्। 

समूह ‘बी’मा पाकिस्तान, न्युजिल्यान्ड, भारत र अफगानिस्तान, समूह ‘बी’को विजेता र समूह ‘ए’को उपविजेताबीच खेल हुनेछ। 

सुपर १२ को पहिलो खेलमा समूह ‘ए’का अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ। समूह चरणको अन्तिम खेल समूह ‘बी’को भारत र पहिलो चरणबाट आउने समूह ‘ए’को उपविजेताबीच दुबईमा हुनेछ। 

सुपर १२ को दोस्रो राउण्डको पहिलो खेलमा नै भारत र पाकिस्तान भिड्नेछन्। सो खेल दुबई मा अक्टोबर २४ मा हुनेछ। 

१० नोभेम्बरमा आबुधावीमा हुने पहिलो सेमिफाइनलमा समूह ‘ए’को विजेता र समूह ‘बी’को उपविजेताबीच प्रतिस्पर्धा हुनेछ। 

दुवईमा ११ नोभेम्बरमा हुने दोस्रो सेमिफाइनल समूह ‘बी’को विजेता र समूह ‘ए’को उपविजेता खेल्नेछन्। फाइनल खेल १४ नोभेम्बरमा दुबईमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .