फिफा विश्वकप छनोट अन्तर्गत केहीबेरमा भुटानको थिम्पुमा नेपालले कुवेतको सामना गर्दैछ।
विश्वकप छनोटको पहिलो होम खेल दशरथ रंगशाला खेल्नुपर्ने भएपनि रंगशाला तयार नहुँदा नेपालले तटस्थ मैदानको रुपमा भुटानको चाम्लिमिथाङ रंगशाला छानेको हो।
मंगलबार दिउँसो पौने ३ बजे सुरु हुने खेलका लागि नेपालको सुरुवाती-११ सार्वजनिक भएको छ। मुख्य प्रशिक्षक योहान कालिनले नेपालको अग्रपंक्तिको जिम्मा अभिषेक रिजाललाई दिएका छन्।
नेपालको सुरुवाति-११:
गोलरक्षक : किरण चेम्जोङ
डिफेन्डर : रन्जित धिमाल, अजित भण्डारी, अनन्त तामाङ, देबेन्द्र तामाङ
मिडफिल्डर : सुजल श्रेष्ठ, रोहित चन्द, तेज तामाङ, विक्रम लामा, रवि पासवान
स्ट्राइकर : अभिषेक रिजाल
3
Shares
प्रतिक्रिया