भुटानको थिम्पुस्थित चाम्लिमिथाङ रगंलामा नेपालले पहिलो हाफको २८ औं मिनेटमा गोल खाएको हो।
कुवेतका बदर अल अलमोतवाले नेपाल विरुद्ध सुरुवाती गोल गरेका हुन्।
काठमाडौको दशरथ रगंशालामा खेल हुने भनिएपनि समयमा तयार हुन नसकेपछि खेल तटस्थ भूमिका रुपमा भुटानलाई रोजिएको हो।
छनौट चरणको अवे खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको थियो।
भरपर्दा ४ खेलाडी टोलीबाट बाहिरिएपछि आजको खेलको अग्रपंक्तीमा अभिशेक रिजाल एक्लै छन्l
छनौट चरणको अवे खेलमा नेपालले चाईनिज ताईपेईलाई २–० ले पराजित गरेको थियो भने अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले पराजित भएको थियो।
समूह चरणका ४ अवे खेल खेलेको नेपालको ३ अंक छ।
उता कुवेतले भने अष्ट्रेलियालाई ३–०, जोर्डनसँग गोलरहित बराबरी र चाइनिज ताइपेइलाई ९–० ले पराजित गरेको छ। कुवेत ७ अंकमा तालिकाको दोस्रो स्थानमा छ।
प्रतिक्रिया