सातौं सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय ट्रेल रेसको उपाधि पुरुषतर्फ अर्जुन राई र महिलातर्फ पदमकुमारी सुनुवारले जितेका छन्।
६० किलोमिटर लामो ट्रेल रेसमा पुरुषतर्फ प्रथम भएका अर्जुनले सात घण्टा ६ मिनेट लगाएर उक्त दूरी पूरा गरेका थिए। सात घण्टा १२ मिनेटमा उक्त दूरी पूरा गर्ने फुर्वा सिंघी तामाङ दोस्रो भए। त्यस्तै लोप्साङ तामाङ तेस्रो भए।
महिलातर्फ प्रथम भएकी पदमकुमारी सुनुवारले निर्धारित दूरी आठ घण्टा ३६ मिनेट ५७ सेकेण्डमा पूरा गरिन्। दोस्रो भएकी अनिता राई उनीभन्दा दुई सेकेण्डले मात्र पछि रहिन्।
चौतारा बाट सुरु भएको उक्त दौड इर्खु , जल्बिरे , याङ्लाकोट , गुम्थाङ हुँदै लासट रिजोर्ट पुगेर समाप्त भएको थियो ।
६० किलोमिटर ट्रेल रेसका विजेताले १२ हजार, उपविजेताले नौ हजार र तेस्रो हुनेले ६ हजार प्राप्त गरेका छन्।
त्यस्तै २६ किलोमिटर विधातर्फ भने पुरुषतर्फ अशोक बरम प्रथम भए भने सन्चे तामाङ दोस्रो भए। विक्रम थामीले तेस्रो स्थान हात पारे।
महिलातर्फ सबिना राई प्रथम हुँदा सुन्कला राई दोस्रो भइन्। त्यस्तै आहमा विक तेस्रो भइन्।
२६ किलोमिटरका विजेताले सात हजार, उपविजेताले ६ हजार र तेस्रो हुनेले ५ हजार पुरस्कार पाएका छन्।
Shares
प्रतिक्रिया