नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा आयोजक गण्डकी प्रदेशले लगातार दोस्रो हार व्यहोरेको छ।
आयोजक गण्डकी पहिलो खेलमा मधेश प्रदेशसँग ४० रनले पराजित भएको थियो। मगंलबार भएको खेलमा आयोजक गण्डकी प्रदेश सुदुरपश्चिम प्रदेशसँग ६ विकेटले पराजित भएको हो।
गण्डकीले दिएको ६० रनको सामान्य लक्ष्य सुदूरपश्चिमले ४ विकेटको क्षतिमा ५८ बल अगावै भेट्टायो।
रितु कनौजिया २२ रनमा रन आउट भईन्। २० बलको सामना गरेकी रितुले ३ चौका हानिन्। सुदूरपश्चिमका स्नेहा महरा २१ र यशोदा विष्ट २ रनमा नटआउट रहे।
रुवी पोडार, अनु कठायत शून्य र कप्तान बिन्दु रावल २ रनमा आउट भए। गण्डकी प्रदेशकी शिला क्षत्रीले दुई तथा सृष्टि जैसीले १ विकेट लिए।
त्यसअघि पोखरा रगंशालास्थित क्रिकेट मैदानमा सुदुरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ५९ रनको योगफल तयार पारेको थियो।
गण्डकी प्रदेशकी कप्तान सृष्टि जैसी २८ र शिला क्षत्री ६ रनमा नटआउट रहिन्।
४८ बलको सामना गरेकी कप्तान सृष्टिले १ चौका हानिन्। ज्योत्सिना मरासिनीले ७ तथा सिमाना केसीले ६ रन थपिन्। अञ्जली विश्वकर्मा, बिन्दु मगरले समान १ रन जोडे। सुजिता थापा शुन्य रनमा आउट भइन्।
सुदुररपश्चिमका लागि रितु कनौजियाले २ तथा अनु कठायत, स्नेहा महरा र सावित्री धामीले समान १ विकेट झारे।
जितसँगै समूह ‘ए’मा रहेको सुदूरपश्चिम प्रदेशले एक खेलमा हार र १ खेलमा जित निकाल्दै २ अंकमा तालिकाको दोस्रो स्थानमा उक्लेको छ। छ।
अंकविहीन आयोजक गण्डकी तालिकाको पुछारमा छ। विभागीय एपीएफ शीर्ष स्थानमा छ। समान २ अंक भएको मधेस प्रदेश तेस्रो र बागमती प्रदेश चौथो स्थानमा छ।
Shares
प्रतिक्रिया