ad ad

खेल


कप्तान रुविना भन्छिन् : प्रदेशले खेलाडी संरक्षण गर्न सक्नुपर्छ

कप्तान रुविना भन्छिन् : प्रदेशले खेलाडी संरक्षण गर्न सक्नुपर्छ

नेपालखबर
कात्तिक १, २०७९ मंगलबार १८:३७, काठमाडौँ

नेपाली राष्ट्रिय टोली तथा नेपाल पुलिस क्लबकी कप्तान रुविना क्षेत्रीले प्रदेशले खेलाडी संरक्षण गर्न सक्नुपर्ने बताएकी छन्। 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको पहिलो सहभागितामा नै उपाधि जितेपछि कप्तान रुविनाले प्रदेशले खेलाडी जोगाउनुपर्नेमा जोड दिएकी हुन्। लामो समय प्रदेश १ मा खेलेर विभागमा आउँदा प्रदेशले केही नबोलेको रुविनाले गुनासो गरिन्। 

‘प्रदेशले खेलाडी उत्पादन गर्नेमात्र हैन जोगाउनु पनि पर्ने हुन्छ। हामीले धेरै पारिश्रमिक खोजेको हैन तर सहज जीवन बाँच्ने भने पुग्नुपर्छ।’ उनले भनिन्, ‘मैले प्रदेशबाट खेले पनि टोली छाडेर आउँदा दुख लागेको छ । लामो समय प्रदेशबाट खेलेपनि हामीले खास केही पाएनौं।’ 

प्रदेशमा सँगै रहेका खेलाडीलाई विभागमा बोलाउन दुःख लागे पनि त्यसलाई बाध्यताका रुपमा बुझ्न पनि उनले आग्रह गरिन्। उनले प्रदेशको टोली कमजोर भयो भने त्यसको जिम्मेवारी प्रदेशले नै लिनुपर्ने बताइन्। 

रुविनाले अन्तरस्कुल प्रतियोगिता आयोजना गर्नुपर्नेमा जोड दिइन्। अहिले बागमती बलियो टोलीको रुपमा देखिएको छ। प्रदेश १ पनि बलियो बनेर आउनेमा उनले आशा व्यक्त गरिन्। 

‘नेपाल क्रिकेट संघ क्यानले प्रदेश बलियो होस् भन्ने चाहेर मात्र हुँदैन। त्यसका लागि प्रदेशलाई पनि निर्देशन दिनुपछ’ उनलदे भनिन्। 
लामो समय प्रदेशबाट खेलेकी रुविना दशकअघि एपीएफ क्लबमा जोडिएकी थिइन्। छोटो समयपछि उनी पुनः प्रदेशमा नै फर्किएकी थिइन्। 

साविक विजेता एपीएफलाई मंगलबार ५ रनले हराउँदै पुलिसले डेब्यु प्रतियोगितामा नै उपाधि जितेको छ। एपीएफलाई पराजित गरेपछि उनले भनिन्, ‘एपीएफ अनुभवी टोली हो त्यो टोलीलाई जित्नु भनेको राम्रो रणनीति बनाउनु हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .