ad ad

खेल


रुट्स फेसन र थ्रिस्टारबीच सम्झौता

रुट्स फेसन र थ्रिस्टारबीच सम्झौता

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार १२:६,

नेपालका लागि एडिडासको आधिकारिक बिक्रेता रुट्स फेसन र रुस्लान थ्रिस्टार क्लबबीच प्रायोजन सम्झौता भएको छ।

थ्रिस्टार क्लबले सोमबार ललितपुरमा एक कार्यक्रमबीच सम्झौता गरेका हुन्। सम्झौता पत्रमा रुट्स फेसनका प्रवन्ध निर्देशक सञ्जीव तुलाधर र क्लबका अध्यक्ष अरुणमान जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार रुट्स फेसनले थ्रिस्टारलाई एक वर्षका लागि २५ लाख बराबरको जर्सी, मोजा, ट्रायकसुट, बुट, फुटबल, ब्याग, गोलकिपर ग्लोभ्स, स्पोर्ट सुजलगायतका सामग्री उपलब्ध गराउने छ।
रुट्स फेसनले यस अघि २००५ मा पनि थ्रिस्टारलाई प्रायोजन गरेको रुट्स फेसनका प्रबन्ध निर्देशक तुलाधरले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .