ad ad

राजनीति


विद्या भट्टराईले लिइन् प्रतिनिधिसभा सदस्यकाे सपथ

विद्या भट्टराईले लिइन् प्रतिनिधिसभा सदस्यकाे सपथ

नेपालखबर
पुस १, २०७६ मंगलबार ९:८,

कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद विद्या भट्टराईले जनतासँग गरेका वाचाहरु आफ्नो कार्यकालमा पुरा गर्ने प्रतिवद्धता जनाएकी छन्।

संसद सचिवालयमा सपथग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै उनले संविधानले निदृष्ट गरेअनुसार संसदमा आफ्नो भूमिका रहने भन्दै तीन वर्षमा नीति निर्माण र विकास निर्माणका कामहरु पुरा गर्ने प्रतिवद्धता जनाइन्।

‘पाँच वर्षका लागि भएको निर्वाचनमा २ वर्षपछि उपनिर्वाचन भएको छ। तीन वर्ष बाँकी छन्। यो अवधिमा पहिलो नीति निर्माणमा भूमिका खेल्ने हो। दोस्रो विकास निर्माणमा अपूर्ण रहेका कामहरु पुरा गर्ने हो। यी दुबै काम तीन वर्षमा पुरा गर्ने प्रतिवद्धता जनतामाझ गरेको छु। यी कामहरु पुरा गर्छु’, उनले भनिन्।

मंसिर १४ गते भएको उपनिर्वाचनमा विजयी हुनुभएका भट्टराइलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले पद तथा गोपनियताको सपथ गराएकी हुन्। उपनिर्वाचनमा उनले २४ हजार ३९४ मत ल्याएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .