दक्षिण कोरियाका स्टार फरवार्ड सन हुन मिन विश्वकपसम्म ठीक हुनेमा टोटनहमका म्यानेजर एन्टोनियो कोन्टे विश्वस्त छन्।
मार्सेलोसँगको खेलमा मंगलबार उनको बायाँ आँखा नजिकै ‘फ्राक्चर’ भएको थियो। ३० वर्षीय सन शल्यक्रियापछि अहिले ठीक हुँदै छन्। उनी लिभरपुरविरुद्धको खेलमा पनि टोली बाहिर थिए।
यद्यपि उनी विश्वकपसम्म ठीक हुनेमा कोन्टेले विश्वास लिएका छिन्।
उनले भने, ‘मैले उनलाई म्यासेज पठाएको थिएँ, उनी अहिलेको अवस्थासँग एकदमै निराश थिए। तर मलाई विश्वास छ उनी ठीक हुनेछन्। म पनि खेलाडी हुँ, खेलाडीलाई खेलको महत्व कति छ भनेर थाहा छ।’
दक्षिण कोरियाले विश्वकपमा पहिलो खेल उरुग्वेसँग नोभेम्बर २४ मा खेल्दै छ।
243
Shares
प्रतिक्रिया