आईसीसी टी२० विश्वकप क्रिकेटअन्तर्गत पहिलो सेमिफाइनल खेलमा बुधबार पाकिस्तान र न्युजिलयाण्डबीच प्रतिस्पर्धा हुँदै छ।
अष्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने २ बजे सुरु हुनेछ। समूह चरणको खेलमा भारत र जिम्बाबेसँग हारेसँगै कठिन बनेको पाकिस्तानको सेमिफाइनल यात्रा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकामाथि जितले तय गरिदिएको हो।
समूह एमा रहेको न्युजिल्याण्डले भने समूह चरणमा तीन खेलमा जित हात पारेको थियो भने एक खेल मात्र हारेको थियो।
पाकिस्तान टी२० विश्वकपमा सबैभन्दा धेरैपटक सेमिफाइनलमा पुग्ने टोली हो। पाकिस्तान ६ पटक टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ।
123
Shares
प्रतिक्रिया