ad ad

खेल


इंग्ल्याण्डलाई १२ वर्षपछि विश्वकप क्रिकेटको उपाधि

कमजोर ब्याटिङले चुक्यो पाकिस्तान
इंग्ल्याण्डलाई १२ वर्षपछि विश्वकप क्रिकेटको उपाधि

नेपालखबर
कात्तिक २७, २०७९ आइतबार १७:२१, काठमाडौँ

पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै इंग्ल्याण्डले १२ वर्षपछि आईसीसी टी–२० विश्वकपको उपाधि उचालेको छ। 

सन् २०१० को च्याम्पियन इंग्ल्याण्डले दोस्रो पटक विश्वकपको ट्रफी उचालेको हो।

यसअघि सन् २०१६ मा इंग्ल्याण्ड फाइनलमा पुगेपनि वेष्टइन्डिजसँग ४ विकेटले पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो। 

यता १३ वर्षपछि विश्वकपको फाइनलमा पुगेको पाकिस्तानको उपाधि उचाल्ने सपना तुहिएको छ। 

सन् २००९ पछि पहिलो पटक फाइनलमा पुगेको पाकिस्तान इंग्ल्याण्डसँग पराजित भएसँगै दोस्रो पटक उपाधि उचाल्ने सपना अधुरै रहेको हो।

त्यो बेला श्रीलंकालाई ८ विकेटले हराउँदै पाकिस्तानले पहिलो उपाधि उचालेको थियो। त्यसपछि पाकिस्तान फाइनलमा पुग्न सकेको थिएन।

यसअघि सन् २००७ को पहिलो संस्करणमा पाकिस्तानको उपाधि होडमा भारत तगोरो बनेको थियो। 

इंग्ल्याण्डले सेमिफाइनलमा भारतलाई १० विकेटले तथा पराजित गर्दै पाकिस्तानसँगको भेट पक्का गरेको थियो। पाकिस्तान भने न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै उपाधि नजिक पुगेको थियो। 

आइतबार भएको खेलमा पाकिस्तानले दिएको १ सय ३८ रनको मध्यम लक्ष्य इंग्ल्याण्डले ६ बल अगावै ५ विकेटको क्षतिमा भेट्टायो। 

पाँचौ विकेटका लागि बेन स्टोक र मोइनल अलीले ४८ रनको साझेदारी गरे। मोईन अली १९ रनमा बोल्ड आउट भए। स्टोक ५१ रनको महत्वपुर्ण योगदान दिए। 

उनले ४७ बलमा ५ चौका र १ छक्का हाने। लियाम लिभिङस्टोन १ रनमा नटआउट रहे। 

इंग्ल्याण्डका ओपनर जस बट्लर २६ रनमा पवेलियन फर्के। १७ बलको सामना गरेका उनले ३ चौका र १ छक्का हाने। ह्यारी ब्रुक २० रनमा आउट भए। ओपनर एलेक्स हेल्स १ र फिल साल्ट १० रनमा आउट भए।

पाकिस्तानका हरिस रउफले २ विकेट झारे। सहिन शा अफ्रिदी र सद्दाव खानले एक–एक विकेट झारे। 

पाकिस्तानका मोहम्मद वसिम महङगा सावित भए। उनले ३ ओभरमा ३१ रन खर्चे। नसिम शाहले आफ्नो स्पेलमा ३० रन दिदाँ एक विकेट झार्न सकेनन्। 

त्यसअघि मेलवर्न क्रिकेट मैदानमा इंग्ल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रनको योगफल तयार पारेको थियो।  

पाकिस्तानका लागि सान मसुद्दले सर्वाधिक ३८ रनको योगदान दिए। ओपनर तथा कप्तान बाबर अजाम ३२ र मोहम्मद रिजवान १५ रनमा पवेलियन फर्के।

रिजवानले १४ बलमा १ छक्का प्रहार गर्दा साम कुरानको बलमा बोल्ड आउट भए। कप्तान अजामले २८ बलमा २ चौका हान्दा आदिल रसिदको बलमा क्याच आउट हुन पुगे। सद्दाव खानले २० रन थपे। 

मोहम्मद हरिस ८ बलमा रसिद कै बलमा बेन स्टोककको हातबाट क्याच भए। इफ्तिखार अहमेद शुन्य रनमा आउट भए। सहिन शा अप्रिदी ५ र हरिस रउफ १ रनमा नटआउट रहे। 

तल्लोक्रमका ब्याटर इङल्याडका बलरसामु निरिह देखिए। पाकिस्तानले १७,१८ र १९औँ ओभरमा लगातार विकेट गुमाएको थियो। 

इंग्ल्याण्डका साम कुरानले ३ विकेट झारे। आदिल रसिद र क्रिस जोर्डनले समान दुई विकेट झारे। वेन स्टोकको नाममा एक विकेट रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .