ad ad

खेल


बुटवललाई हराउँदै विराटनगर प्लेअफमा, काठमाडौं बाहिरियो

बुटवललाई हराउँदै विराटनगर प्लेअफमा, काठमाडौं बाहिरियो

नेपालखबर
पुस ९, २०७६ बुधबार ९:३,

बुटवल ब्लास्टरलाई ४ विकेटले पराजित गर्दै विरानगर टाइटन्स पोखरा प्रिमियर लिगको प्लेअफमा प्रवेश गरेको छ।

पोखरा रंगशालामा बुधबार बुटवलले दिएको १३४ रनको लक्ष्य १२ ओभरभित्र पूरा गर्नुपर्ने अवस्थामा ११.४ ओभरमा ६ विकेट गुमाउँदै विराटनगर लक्ष्य पूरा गरेको थियो।

जितसँगै काठमाडौंसँग समान ४ अंक भएपनि रनरेटका आधारमा अघि रहँदै विराटनगर प्लेअफमा पुगेको हो। प्लेअफमा विराटनगरले अब प्लेअफमा बिहीबार नै बुटवलको सामना गर्नेछ। बुटवल यसअघि नै प्लेअफमा पुगिसकेको थियो।

विराटनगरले आक्रामक सुरुवात गरेको थियो। पहिलो ओभरको सुरुआती तीन बलमा मोहम्मद जइद खानले लगातार ३ चौका प्रहार गरेका थिए। यस्तो अर्को ओभरको सुरुआती दुई बलमा अर्का ओपनर लोकेश बलमे लगातार दुई छक्का प्रहार गरे।

चौथो बलमा भने लोकेशलाई हर्ष टंकले बोल्ड पारे। ५ बलमा लोकेशले २ छक्कासहित १३ रन जोडे। यस्तै क्रिजमा आएको पहिलो बलमै कप्तान प्रदीप ऐरीले चौका प्रहार तरे। तर अर्को ओभरमा प्रदीप ५ रनमै पवेलियन फर्किए।

तर, पनि विराटनगरका खेलाडीहरुको आक्रामक रोकिएन्। लगत्तै जाइद खानले चौका र पुनित मेहराले छक्का प्रहार गरे। अर्को ओभरमा पुनित मेहराले चौका प्रहार गरेपछि चार ओभरमा विराटनगरले २ विकेट गुमाएर ५२ रन जोडेको थियो।

पाँचौं ओभरमा अविनाश बोहराले बुटवललाई ठूलो सफलता दिलाउने क्रममा जाइदलाई सिद्धान्त लोहनीको हातबाट क्याच गराए। जाइदले १० बलमा ४ चौका र एक छक्कासहित २४ रन बनाए।

यस्तै छैटौं ओभरमा नोमन खानले लगातार तीन चौका प्रहार गरेपछि पावर प्लेमा विराटनगरले ३ विकेट गुमाएर ८३ रन गुमाएको थियो।

आठौं ओभरमा पुनित मेहरा ३२ रनमा पवेलियन फर्किए। १७ बलमा उनले ३ चौका र एक छक्का प्रहार गरे। सोही ओभरमा सुनिल धमला रन आउट भए। धमलाले २ रनमात्रै जोड्न सकेँ।

यस्तै सातौं विकेटका लागि नोमेन खान र पुष्प थापाले २८ रनको साझेदारी गरेपछि टोली जित नजिक पुगेको थियो। ११ औं ओभरको चौथो बलमा नोमन खानलाई नितिस थापाले एलबिडब्लुको धरापमा परेका थिए। नोमनले २२ बलमा ५ चौकासहित ३५ रन बनाए।

 यस्तै पुष्प थापा १८ रनमा नटआउट रहे। 

त्यसअघि पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बुटवलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनाएको थियो।

पहिलो बलमै किशोर महतोले बुटवलका आक्रामक ब्याट्सम्यान अफ्ताबुद्दिन अहमदलाई खाता खोल्नै नदिई विकेट किपर प्रदीप ऐरीको हातबाट क्याच गराए। दोस्रो विकेटका लागि हर्ष टंक र शंकर रानाले ३१ रनको साझेदारी गर्दै इनिङ्स अघि बढाए।

चौथो ओभरमा टंकले दीपेश श्रेष्ठलाई तीन चौका र एक छक्का प्रहार गर्दै बुटवलको इनिङ्स उकासेका हुन्। तर, छैटौं ओभरको चौथो बलमा शंकरलाई मोहम्मद जइद आलमलाई २ रनमै दीपेश श्रेष्ठको हातबाट क्याच गराउँदै पवेलियन फर्काए।

नयाँ ब्याट्सम्यान भीम सार्की समेत धेरै बेर क्रिजमा रहन सकेँनन्। उनलाई सहाब आलमले नवौं ओभरको पहिलो बलमा बोल्ड पारे। भीमले ५ रनमात्रै बनाए।

पुनित मेहराको १२औं ओभरमा आक्रामक बनेका टंकले नोबलमा सहित तीन छक्का र एक चौका प्रहार गर्दै रन गतीमात्रै बढाएनन् आफ्नो अर्धशतक समेत पूरा गरे। तर, दीपेश श्रेष्ठको अर्को ओभरमा ठूलो सट प्रहार गर्ने क्रममा टंकको ६७ रनको पारी सकियो। उनको ब्याटको माथिल्लो किनारामा लाग्दै माथि उठेको बललाई विकेटकिपर प्रदीप ऐरीले पछाडी दगुर्दै उत्कृष्ट क्याच समाते। ४४ बलमा टंकले ६ चौका र ५ छक्का प्रहार गरे। त्योसँगै शिवम सिंहसँगको उनको चौथो विकेटका लागि ४४ रनको साझेदारी समेत सकिएको थियो।

यस्तै सोमपाल कामी स्वास्थ्यका कारण नखेलेपछि कप्तानी गरेका सिद्धान्त लोहनीले ११ रनमात्रै जोड्न सकेँ। उनले २१ बलमा १ छक्का प्रहार गरे। लगत्तै क्रिजमा आएका रविन्द्रजंग शाहीले पनि खाता नै खोल्न सकेनन।

अन्तिम ओभरको पहिलो बलमा छक्का प्रहार गरेका शिवम सिंह दोस्रो बलमा बाउन्ड्रीमा क्याच भए। शिवमले २६ बलमा ३ चौका र १ छक्कासहित ३७ रन जोडे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .