रियल मड्रिडलाई पराजित गदै भिल्लारियल स्पेनिस ला लिगाको अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ।
गएराति भएको खेलमा रियललाई २–१ गोल अन्तरले हराउँदै तालिकाको पाँचौ स्थानमा पुगेको छ। भिल्लारियलसँग पराजित भएको रियलले शीर्ष स्थानमा उक्लने सुन्दर मौका गुमाएको छ।
खेलको ४७ औँ मिनेटमा एरेमी पिनोको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। खेलको ६० औँ मिनेटमा करिम बेन्जेमाले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।
त्यसको तिन मिनेटमा नै जेरार्ड मोरिनोले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। डेविड अलावाले ह्याण्ड गरेपछि भिल्लारियलले पेनाल्टीको अवसर पाएको थियो।
दोस्रो स्थानको रियलले १६ खेलबाट ३८ अंक बनाएको छ। एक खेल कम खेलेको बार्सिलोनाको पनि १६ खेलबाट ३८ अंक छ।
१६ खेल खेलेको भिल्लारियलको २७ अंक छ।
गएराति नै भएको अर्को खेलमा मार्सेलोले रियल भल्लाडोलिडलाई २–१ ले हराएको छ। स्प्यानोल र जिरोनाले भने २–२ को बराबरी गरेका छन्।
Shares
प्रतिक्रिया