ad ad

खेल


दिपक र फुलमतीलाई प्रोटिन हाफ म्याराथनको उपाधी

दिपक र फुलमतीलाई प्रोटिन हाफ म्याराथनको उपाधी

नेपालखबर
माघ ७, २०७९ शनिबार १२:४०, काठमाडौँ

त्रिभुवन आर्मी क्लबका दिपक अधिकारी र नेपाल एपीएफ क्लबकी फुलमती रानाले राइट टु प्रोटिन रन हाफ म्याराथनको दोस्रो संस्करणको उपाधी जितेका छन्। 

नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा शनिबार भएको ‘राइट टु प्रोटिन’ रन हाफ म्याराथनमा दीपकले पुरुषतर्फ र फुलमतीले महिलातर्फ पहिलो भएका हुुन्। विजेता दुवैले १ लाख रुपैयाँ पाएका छन्।

एपीएफ क्लबकी फुलमतीले निर्धारित दुरी १ घण्टा २२ मिनेट १२ सेकेन्डमा पूरा गर्दै पहिलो भएकी हुन्। फुलमतीले नेपाल पुलिस क्लबकी राममाया बुढालाई पाँच सेकेन्डले पछि पारेकी हुन्। राममायाले सो दुरी १ घण्टा २२ मिनेट १७ सेकेन्डमा पूरा गरिन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातबाट पुरस्कार ग्रहण गर्दै एपीएफकी फुलमती राना। तस्बिर : सरोज नेपाल/नेपालखबर

निर्धारित दुरी १ घण्टा २३ मिनेट १० सकेन्डमा पार गर्दै त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपाने तेस्रो भईन्। आर्मीकै कल्पना खड्का चौथो, पुलिस क्लबकी अञ्जु खड्का पाँचौँ भए। 

पुरुषतर्फ दीपकले राजन रोकायालाई ६ सेकेन्डले पछि पारे। दीपकले निर्धारित दुरी १ घण्टा ५ मिनेट ८ सेकेन्डमा पार गरेका हुन्। राजन रोकायाले १ घण्टा ५ मिनेट १४ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भए। १ घण्टा ५ मिनेट ५५ सेकेन्डमा दुरी पार गर्दै नरेन्द्र सिंह रावल तेस्रो भए। 

बागलुङका तिर्थ पुन चौथो र आर्मीका शुशिल कुमार शाही पाचौं भए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातबाट पुरस्कार ग्रहण गर्दै त्रिभुवन आर्मी क्लबका दिपक अधिकारी। तस्बिर : सरोज नेपाल नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .