ad ad

खेल


सिंगापुरसामु नेपालले दियो २ सय ६२ रनको लक्ष्य

सिंगापुरसामु नेपालले दियो २ सय ६२ रनको लक्ष्य

नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १५:१४, काठमाडौँ

आईसीसी यू–१९ विश्वकप एक दिवसीय एशिया क्षेत्र छनोटमा नेपालले सिगांपुरसामु २ सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

युएईको इडेन गोर्डन ओभल आजमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६१  रनको योगफल तयार पारेको हो। 

डेब्यु खेल खेलिरहेका आकाश त्रिपाटीले ७८ रनको सर्वाधिक योगदान दिए। १ सय बलको सामना गरेका आकाशले ७ चौका र १ छक्का मद्दतमा ७८ रन बनाउँदा क्याच आउट भए।  

विकास विक्रम केसी ६३ र सुवास भण्डारी १२ रनमा नटआउट रहे। ५४ बलको सामना गरेका विकासले ४ चौका र २ छक्का हाने। 

दोस्रो विकेटका लागि ओपनर अर्जुन कुमाल र आकाश त्रिपाटीले ९३ रनको साझेदारी गरे। अर्जुन ३७ रन बनाउँदा माहियु भाटीयाको बलमा बोल्ड आउट भए। ६७ बलको सामना गरेका अर्जुनले ३ चौका हाने। 

कप्तान देव खनाल २१ रनमा एलबीडब्लु धरापमा पर्दै पवेलियन फर्के। दिपक बोहोरा १७ रनमा क्याच आउट भए। ओपनर दिपक बोहोरा ५ रनमा क्याच आउट भए। मध्यक्रममा ब्याटर दिपक बोहोरा १७ रनमा क्याच आउट भए। दिपक प्रसाद डुम्रे १० रनमा रनआउट भए। 

सिंगापुरका अर्याभिर चौधरी र अभुदय आजरले समान २ विकेट लिए। 

नेपालले आजको खेलमा ७ खेलाडीलाई यू–१९ टोलीका डेब्यू गराएको छ। नेपालका दीपक बोहरा, आकाश त्रिपाठी, सुवास भण्डारी, हेमन्त धामी, दीपक डुम्रे, दीपक बोहरा र मिलन बोहराले यू–१९ टोलीबाट खेलिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .