ad ad

खेल


यूएईविरुद्ध कुशल मल्लको अर्धसतक

यूएईविरुद्ध कुशल मल्लको अर्धसतक

फाइल तस्बिर


नेपालखबर
फागुन १८, २०७९ बिहिबार १७:०, काठमाडौँ

आईसीसी लिग २ अन्तरगत यूएईविरुद्ध कुशल मल्लले अर्धसतक प्रहार गरेका छन्।

खराब सुरुवात गरेको नेपाललाई सम्हाल्ने क्रममा कुशलले ४२ बलमा ८ चौका र १ छक्काको मद्दतमा ५२ रन जोडेका हुन्। 

१६ ओभरको खेल सकिँदा नेपालले ५ विकेटको क्षतिमा रन बनाएको छ। तीन ब्याटर शून्यमै आउट हुँदा नेपाललाई सामान्य लक्ष्य पूरा गर्नै दबाब परेको हो।

ज्ञानेन्द्र मल्ल, रोहित पौडेल र आरिफ शेख शून्य रनमा आउट भए। कुशल भुर्तेत ५ रनमा आउट हुँदा आशिफ शेख १७ रनमा पेबेलियन फर्किए। 

अहिले कुशलसँग दीपेन्द्रसिंह ऐरी क्रिजमा छन्। १६ औं ओभरको खेल चलिरहँदा नेपालले ५ विकेटको क्षतिमा ८४ रन बनाएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको युएईले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा २०७ रन जोडेको थियो। युएईका आसिफ खान र रोहन मुस्तफाले अर्धसतक पूरा गरे। 

युएईलाई सामान्य लक्ष्यमा सीमित गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए। करण केसी, आरिफ शेख र कुसल मल्लले समान एक विकेट हात पारे।

आजको खेल जिते नेपालको विश्व्कप छनौट खेल्ने सम्भावना कायम रहनेछ। हार्यो भने बाँकी सबै खेल जित्नै पर्ने दबाब हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .