ad ad

समाज


कालिमाटीस्थित विषादी विश्लेषण प्रयोगशालामा प्रधानमन्त्री कार्यालयको टोली

कालिमाटीस्थित विषादी विश्लेषण प्रयोगशालामा प्रधानमन्त्री कार्यालयको टोली

नेपालखबर
फागुन १८, २०७९ बिहिबार १७:७, काठमाडौँ

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको टोली बिहीबार कालिमाटीस्थित फलफूल तथा तरकारीको विषादी परीक्षणका लागि सञ्चालित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला अनुगमनमा पुगेको छ।

भारतबाट आउने तरकारीको विषादी परीक्षणबाट पछि हटेको आरोप झेलिरहेको सरकारी टोली कालिमाटी पुगेको हो। 

कृषि मन्त्रालयको कृषि प्रयोगशालाअन्तर्गत सञ्चालन हुँदै आएको कालिमाटीस्थित प्रयोगशालाले तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्छ।

त्यसकै गुणस्तरीयता तथा प्रभावकारिताबारे अध्ययन गर्न टोली पुगेको हो। 

कृषि मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुली नेतृत्वको टोलीले प्रयोगशालाको निरीक्षणका साथै प्रयोगशालाको कामको अनुगमन गरेको थियो।

प्रयोगशालाले हाल दैनिक १० देखि १२ वटा नमूनाको अध्ययन गरी तरकारी तथा फलफूलको गुणस्तरीयता सुनिश्चित गर्दै आइरहेको छ। 

अनुमगन टोलीले कालिमाटीसँगै देशका अन्य प्रयोगशालाको सेवा प्रभावकारी बनाउने विषयमा हाल देखिएका समस्या तथा चुनौतीबारे प्रतिवेदन पेश गर्न केन्द्रीय प्रयोगशाला तथा विषादी अवशेष द्रूत विश्लेषण केन्द्रलाई निर्देशन दिएको छ। 

केन्द्रीय कृषि प्रयोगशालामार्फत् हाल कालिमाटीका अतिरिक्त देशका सात वटा स्थानमा प्रयोगशालामार्फत् तरकारी तथा फलफूलको गुणस्तरीयता जाँच हुँदै आएको छ। 

केन्द्रले प्रस्तुत गर्ने प्रतिवेदनका आधारमा थप छलफल गरी देशैभर प्रयोगशाला विस्तार तथा स्थापना भएकालाई प्रभावकारी तथा गुणस्तरीय बनाउन कार्ययोजना निर्माण गर्ने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .