ad ad

खेल


नेपालको कसिलो बलिङ, दुवै ओपनर गुमाएपछि दबाबमा पीएनजी

नेपालको कसिलो बलिङ, दुवै ओपनर गुमाएपछि दबाबमा पीएनजी

नेपालखबर
फागुन २९, २०७९ सोमबार १०:३, काठमाडौँ

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत पीएनजीविरुद्ध जारी खेलमा नेपालले कसिलो बलिङ गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालले ६.२ ओभरमा २ विकेट लिएको छ। पीएनजीले ६.२ ओभरमा मात्र १७ रन बनाएको छ। 

पीएनजी दुवै ओपनरलाई गुमाएपछि दबाबमा आएको छ। 

हिरिहिरी १४ रन बनाउँदा सोमपाल कामीको बलमा करण केसीको हातबाट क्याच आउट भए। अर्का अ‍ोपनर किपलिन डोरिगा २ रनमा ललित राजवंशीको बलमा बोल्ड आउट भए। 

अहिले क्रिजमा सेसे बाउ १ र कप्तान असद भाला शून्य रनमा नटआउट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .