ad ad

खेल


मनिष डाँगीको गोलमा नेपालको अग्रता

मनिष डाँगीको गोलमा नेपालको अग्रता

बल अघि बढाउँदै नेपाली खेलाडी। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
चैत १७, २०७९ शुक्रबार १९:२२, काठमाडौँ

प्रधानमन्त्री थ्री नेशन्स फुटबल प्रतियोगिताको फाइनल भिडन्तमा नेपालले २-१ को अग्रता बनाएको छ।

नेपालका लागि खेलको ८७ औँ मिनेटमा मनिष डाँगीले गोल गर्दै उपाधि घरमै राख्ने सम्भावना बलियो बनाएका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको दोस्रो हाफ जारी रहँदा नेपालले अग्रता बनाएको हो।

खेलको २२ औँ मिनेटमा नविन लामाको फ्रिकीकमा सनिस श्रेष्ठको प्रहार लाओसका गोलरक्षकले बचाउँदा नेपालले अग्रता बनाउने मौका गुमायो। 

खेलको १७ औं मिनेटमा फ्हुत्हाभोङ्ग साङ्गभिलयेको गोलमा लाओसले घरेलु टोलीविरुद्ध सुरुवाती अग्रता बनाएको थियो। 

तर खेलको २४ औं मिनेटमा आयुष घलानको गोलमा नेपालले बराबरी गोल फर्कायो। खेलको २६ औं मिनेटमा मनिष डाँगीको क्रसमा नविन

लामाको पासमा आयुष घलानको प्रहार गोलरक्षकले बचाउँदा नेपालले अग्रता दोब्बर पार्ने अवसर गुमायो। 

खेलको ५५ औं मिनेटमा मनिषको क्रिसमा दिपक र आयुषको तालमेल नमिल्दा नेपालले अग्रता दोब्बर पार्न सकेन। 

६१ औं मिनेटमा नविन लामाको क्रसमा आयुष घलानको हेडर प्रहार खाली पोष्टको बार माथिबाट बाहिरियो। 

६९ औ मिनेटमा निसान लिम्बुको फ्रिकीक सिधै बारमा लाग्दै बाहिरियो।

७४ मिनेटमा अञ्जन विष्टको प्रहार किपरले पञ्च गर्दै बचाएपनि त्यसकै रिबाउण्डमा मनिषको प्रहारले पोष्टको जाली चुमे पनि त्यसले गोलको मान्यता पाएन।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .