ad ad

खेल


यूएईले नवौँ विकेट गुमाएसँगै खेल पनि रोकियो

यूएईले नवौँ विकेट गुमाएसँगै खेल पनि रोकियो

त्रिवि क्रिकेट मैदानमा पानी परेपछि दर्शकहरु छाताको सहारामा। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
बैशाख १८, २०८० सोमबार ११:५९, काठमाडौँ

एसीसी प्रिमियर कपअन्तर्गत कीर्तिपुर मैदानमा भइरहेको फाइनल भिडन्तका क्रममा पानी पटक पटक बाधक बनिरहेको छ।

फाइनल भिडन्त टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएई लगातार विकेट पतनसँगै संकटमा परेका बेला फेरि कीर्तिपुर मैदानमा पानी परेको हो।  

पछिल्लो पटक ललित राजवंशीले जोहर खानलाई आउट गराएलगत्तै कीर्तिपुर मैदानमा पानी परेर खेल रोकिएको हो। यसअघि पनि पानीले खेल रोकिएको  थियो।

२७.३ ओभरमा ललितले जोहरलाई खाता नै खोल्न नदिई आरिफ शेखको हातबाट क्याच आउट गराएर पबेलियन फर्काएसँगै पानी परेको हो।  

पानी परेसँगै दर्शकहरुले छाताको सहारा लिएर नेपाली क्रिकेटरहरुको हौसला बढाइरहेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .