ad ad

खेल


यूृएईविरुद्धको फाइनलमा गुलशन झाको अर्धशतक

यूृएईविरुद्धको फाइनलमा गुलशन झाको अर्धशतक

अर्धशतक पूरा गरेपछि नेपाली ब्याटर गुलशन झा। तस्बिर : सरोज नेपाल


नेपालखबर
बैशाख १९, २०८० मंगलबार ११:३४, काठमाडौँ

नेपाली ब्याटर गुलशन झाले एसीसी प्रिमियर कपको फाइनल भिडन्तमा यूएईविरुद्ध अर्धशतक बनाएका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपाली ओपनरहरु सस्तैमा आउट भएको अवस्थामा गुलशनले अर्का ब्याटर भीम सार्कीसँग मिलेर नेपाललाई सम्हालेका हुन्।

गुलशनले ७५ बलको सामना गर्दै ५१ रन बनाएका हुन्। त्यसक्रममा गुलशनले ४ छक्का ३ चौका पनि हानेका छन्। 

वान डे क्रिकेटतर्फ गुलशनको यो दोस्रो अर्धशतक हो। यसअघि उनले आईसीसी लिग २ त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा यूएईविरुद्ध नै अर्धशतक पूरा गरेका थिए।

उनलाई साथ दिइरहेका भीम सार्कीले पनि नेपाललाई सम्हाल्दै ५९ बलमा २६ रन हानिसकेका छन्। 

ओपनरहरु ओपनर कुशल भुर्तेल १ रन र आशिफ शेख ८ रनमा आउट भएको अवस्थामा कप्तान रोहित पौडेल पनि क्रिजमा टिक्न सकेका थिएनन्।

चौथो क्रममा आएका रोहित पनि १ रनमै आउट भएपछि गुलशन झा र भीम सार्कीले अर्धशतकीय पारी खेल्दै नेपाललाई जिततर्फ अग्रसर गराएका छन्। 

यूएईले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २७.५ ओभरमा ३ विकेटको क्षतिमा ९६ रन बनाएर खेलिरहेको छ। गुलशन ५१ र भीम सार्की ३० रनमा नटआउट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .