नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य फर्वार्ड सावित्रा भण्डारी साम्बा सम्मिलित गोकुलम केरला एफसीले भारतीय महिला लिगमा पहिलो बराबरी खेलेको छ।
बिहीबार बिहान भएको खेलमा गोकुलमले मिसाका युनाइटेडसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।
बराबरीसँगै गोकुलम समुह 'ए' को शीर्ष स्थानमा यथावत छ। ३ खेलमा जित र एक खेलमा बराबरी गरेको गोकुलमले १० अंक बनाएको छ।
आजै भएको अर्को खेलमा इष्ट वंगालले मुम्बइ नाइट एफसीलाई ४–२ गोल अन्तरले हराएको छ। तीन खेलमा जित र एक खेलमा हार भोगेको इस्ट बंगला ९ अंकमा दोस्रो स्थानमा छ।
यसअघि हिजो भएको खेलमा सुरु रेनुका सम्मिलित किकस्टार इफसीले चर्चचिल ब्रर्दश एफसी गोवालाई १०–० को अन्तरले हराएको छ।
किकस्टारको सानदार जितमा सरुले खेलको ९० औं मिनेटमा गोल गरिन्।
अर्को खेलमा अनिताको टोलीले भने हार भोगेको छ। अनिता सम्मिलित लड्स एफ ए कोची सेन्ट्रल रिसर्भ पोलिस फोर्स फुटबल क्लबसँग ५–२ को अन्तरले पराजित भयो।
Shares
प्रतिक्रिया