ad ad

खेल


चार खेलअगावै ला लिगाको उपाधि बार्सिलोनालाई

चार खेलअगावै ला लिगाको उपाधि बार्सिलोनालाई

नेपालखबर
जेठ १, २०८० सोमबार ११:४४, काठमाडौँ

स्पानियोललाई घरेलु मैदानमा स्तब्ध पार्दै बार्सिलोनाले चार खेलअगावै स्पेनिस ला लिगाको उपाधि जितेको छ। 

ला लिगाका चार खेलअगावै बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडभन्दा १४ अंकले अग्रता बनाएपछि उपाधि जितेको हो। 

बार्सिलोनाले सन् २०१८–१९ पछि पहिलोपटक ला लिगा उपाधि उचालेको हो। लियोनेल मेस्सीले अगस्ट २०२१ मा क्लब छाडेपछि र जाभी हर्नान्डेज नोभेम्बर २०२१ मा प्रशिक्षक बनेपछि बार्सिलोनाको पहिलो ला लिगा उपाधि हो। 

आइतबार राति भएको खेलमा स्पान्योललाई ४–२ ले हराएपछि बार्साले ला लिगा उपाधि पक्का गरेको हो। 

पहिलो हाफमा ३–० ले अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा १ गोल थप्दा २ गोल खान पुग्यो। बार्सिलोनाको जितमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई तथा एलेक्स बाल्डे र जुल्स कुन्डेले एक/एक गोल गरे। घरेलु टोली स्पान्योलका लागि जेभिएर पुआडो र जोसेलुले गोल फर्काए पनि टोलीको हार टार्न सकेनन्। 

खेलको ११औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। २०औँ मिनेटमा बाल्डेले बार्सिलोनाको अग्रता दोब्बर पारे। ४०औँ मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। 

खेलको ५३औँ मिनेटमा जुल्स कुन्डेले गोल गर्दै बार्सिलोनालाई ४–० को अग्रता दिलाए। 

खेलको ७३औँ मिनेटमा जेभिएर पुआडोले गोल गर्दै स्प्यानोललाई ४–१ को अवस्थामा ल्याए। इन्ज्युरी समयको दोस्रो मिनेटमा जोसेलुले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .