आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुदका लागि कति बजेट छुट्टाइएको भन्ने बारेमा संसदमा घोषणा भएको छैन।
अर्थमन्त्री प्रकाश शरण महतले सोमबार संसदमा बजेट भाषण प्रस्तुत गर्दा युवा तथा खेलकुदका लागि कति बजेट विनियोजन भयो भन्ने जानकारी दिएनन्।
आगामी आर्थिक वर्षको बजेटमा खेलाडीलाई सहुलियत कर्जा प्रदान गर्ने नयाँ कार्यक्रम थप गर्दा बाँकी पूरानै कार्यक्रमको निरन्तरता दिएको सरकारले बजेटका बारेमा भने उल्लेख गर्न सकेन।
स्वरोजगार बन्न चाहने खेलाडीले युवा स्वरोजगारमार्फत यस्तो कर्जा लिन सक्नेछन्।
सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने बताएको हो। सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने घोषणा गरेको हो।
विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, वैतडीमा दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला र काठमाडौंमा सुवर्णशमसेर क्रिकेट रङ्गशाला निर्माण गरिनेछ।
खेलकुदको पुर्वाधार निमार्णमा निजि साझेदारीमा काम गर्ने घोषणा गरिएको छ।
Shares
प्रतिक्रिया