प्रिमियर क्लब लिभरपुलले अर्जेन्टिनी स्टार एलेक्सिस म्याक अलिस्टारलाई अनुबन्ध गरेको छ।
प्रिमियर क्लब ब्राइटनका प्लेमेकरलाई अनुबन्ध गर्ने विषयमा दुई क्लबबीच सहमति भइसकेको छ।
लिभरपुलमा अनुबन्ध हुने सहमती भएसँगै अलिस्टारको स्वास्थ्य परीक्षणको तयारी भएको छ। मंगलबार स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको छ। बुधबार अलिस्टार र लिभरपुलबीच हस्ताक्षर हुने र औपचारिक घोषणा गर्ने तयारी छ।
उनीसँग लिभरपुलले जुन २०२८ सम्मको सम्झौता गर्दैछ।
यो सिजन पाँचौ स्थानमा रहँदै लिभरपुल युरोपा लिगमा छानिएको छ। च्याम्पियन्स लिगबाट बाहिरिएसँगै लिभरपुलले आगामी सिजनका लागि खेलाडीमा लगानी बढाउने तयारी गरेको छ।
45
Shares
प्रतिक्रिया