बाँकेको नेपालगञ्जस्थित जंगलमा एक शिक्षक मृत फेला परेका छन्।
राँझाको आदर्श माविका शिक्षक रवीन्द्र रेग्मी ढकेरीनजिक जंगलमा मृत भेटिएको बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले बताए।
सोमबार दिउँसो साढे एक बजे रेग्मी विद्यालयबाट घर फर्किएका थिए। तर घरबाट फेरि बैठकमा जानेर उनी निस्किएको बताइएको छ।
रातिसम्म घर नफर्किएपछि उनको खोजी सुरु भएको थियो। मंगलबार पूर्वपश्चिम राजमार्गको ढकेरी नजिकको जंगलमा रेग्मीको शव भेटिएको प्रहरीले बताएको छ। शव जंगलमा डढेको अवस्थामा भेटिएको हो।
राजमार्गमा मोटरसाइकल भेटिएको छ। मोटरसाइकलदेखि एक सय मिटर टाढा शव भेटिएको हो। शव नजिकै नोट फेला परेको छ। नोटमा उल्लेख भए अनुसार उनले आत्माहत्या गरेको आशंका गरिएको छ, तर थप अनुसन्धान भइरहेको एसपी राठौरले बताए।
117
Shares
प्रतिक्रिया