अर्जेन्टिन सुपर स्टार लियोनेल मेस्सीसँग २ बिलियन पाउन्डको सम्झौता गरेको अमेरिकी मेजर लिग सकर क्लब इन्टरमियामीले अब एन्जेल डी मारियालाई पनि अनुबन्धन प्रयास थालेको छ।
यो सिजन इटालियन क्लब युभेन्ट्समा बिताएका उनले त्यहाँबाट बिदा हुने घोषणा गरिसकेका छन्। त्यसपछि खाली हुने डी मारियालाई पनि भित्र्याउने गरी इन्टरमियामीले वार्ता थालेको डेली मेल र मार्साले उल्लेख गरेका छन्।
खेल पत्रकार फाबिरिजो रोमानोले उल्लेख गरेअनुसार डी मारियालाई भित्र्याउन इन्टरमियामीले एक चरण वार्ता पनि गरिसकेको छ।
उता डी मारियाले पनि इन्टरमियाको प्रस्ताव र शर्तहरुबारे आफ्नो एजेन्टसँग छलफल गरिरहेको जनाइएको छ। मेस्सी र डी मारियाले अघिल्लो सिजनका केही खेल पीएसजीमा सँगै खेलेका थिए।
सकेसम्म डी मारिया युरोपमै बस्न चाहन्छन्। उनलाई पोर्चुगिज फुटबल क्लब बेन्फिकाले पनि अनुबन्ध प्रयास गरिरहेको छ।
डी मारियासँगै यसै सिजन स्पेनिस क्लब बार्सिलोनाबाट बिदा भएका मिडफिल्डर सर्जियो बुस्केट्समा पनि इन्टरमियामीको नजर छ।
मेस्सीलाई भित्र्याउने निश्चित भएपछि इन्टरमियामीले बार्सिलोनामा रहँदाका उनका साथी उरुग्वेका लुइस स्वारेजमाथि पनि नजर लगाएको छ।
Shares
प्रतिक्रिया