शहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा मछिन्द्र फुटबल क्लबले जित र मनाङ मस्र्याङ्दी क्लबले हारको साथ लिग यात्रा सकाएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मछिन्द्रले मनाङलाई ३–१ को गोल अन्तरले हराउँदै लिग सकाएका छन्।
२६ खेलमा मछिन्द्रले १२ मा जित, ९ मा बराबरी र ५ खेलमा हार भोग्दै ४५ अंक बनाएको छ। लिग उपविजेता बनेको मछिन्द्रले एएफसी क्लब च्याम्पियनसिप खेल्नेछ।
लिगमा उतारचढावपूर्ण यात्रा गरेको मनाङ भने आठौं स्थानमा रहेर लिग सकेको छ। मनाङले ७ खेलमा जित, ११ खेलमा बराबरी र ८ खेलमा हार भोग्दै ३२ अंक बनाएको छ।
खेलको १६औं मिनेटमा श्रेष्ठको गोलमा मनाङले सुरुवाती अग्रता बनाएको थियो। सुरुवाती अग्रतालाई जोगाउन नसक्दा हारसँगै मनाङले ए डिभिजन लिग यात्रा सकाएको छ।
खेलको ८०औं मिनेटमा अफिज ओलावालेले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसको ६ मिनेटपछि नै इन्ज्युरी समयमा अफिज ओलावालले व्यक्तीगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे।
Shares
प्रतिक्रिया