दृष्टिविहीनहरुमा खेल क्षमता विकास गर्न क्रिकेट सिकाउन थालिएको छ।
नेपालभर रहेका करिव १६ हजार भन्दाबढी दृष्टिविहीन युवा तथा बालबालिकाहरुमा खेल क्षमता विकास गर्ने उद्देश्यसहित क्रिकेट सिकाउन थालिएको हो।
उनीहरुमा खेलको विकास गरी पुनर्स्थापना र सशक्तिकरणसहित प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले नेत्रहीन क्रिकेट संघले जिल्ला जिल्लामा क्रिकेट सिकाइरहेको छ।
संघले यस वर्ष ९ वटा जिल्लामा कार्यक्रम विस्तार गर्ने योजना बनाएको छ। त्यही योजनाअनुसार सिन्धुपाल्चोकको चौतारमा जेठ ३० गतेदेखि असार २ गतेसम्म दृष्टिविहीनहरुलाई आधारभूत क्रिकेट प्रशिक्षण दिइँदैछ।
त्यही योजनाअनुसार सिन्धुपाल्चोक सदरमुकाम चौतारास्थित वनदेवी माध्यमिक विद्यालयमा दृष्टिविहीन युवा तथा बालबालिकालाई क्रिकेट सिकाउन थालिएको छ।
यस तालिममा दृष्टिविहीन राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडीद्वय विमला राई र गीता पौडेल प्रशिक्षक रहेका छन्।
Shares
प्रतिक्रिया