ad ad

खेल


जिम्बाब्वेविरुद्ध आशिफको अर्धशतक, कुशल शतक नजिक

जिम्बाब्वेविरुद्ध आशिफको अर्धशतक, कुशल शतक नजिक

नेपालखबर
असार ३, २०८० आइतबार १४:३३, काठमाडौँ

आईसीसी विश्वकप छनोट अन्तर्गत टेष्ट राष्ट्र जिम्बाब्वेविरुद्ध आशिफको अर्धशतक, कुशल शतक नजिकविरुद्ध नेपालका दुवै ओपनरले अर्धशतक पूरा गरेका छन्। 

ओपनर आशिफ शेखले जिम्बाबेविरुद्ध २७.५ ओभरमा अर्धशतक पूरा गरेका हुन्। ८२ बलको सामना गरेका आशिफले ५ चौका मद्धतमा २७.५ ओभरमा अर्धशतक पूरा गरे। 

ओडिआइमा आशिफको यो नवौँ अर्धशतक हो। 

यसअघि अर्का ओपनर कुशल भुर्तेलले ६३ बलमा ८ चौका मद्धतमा अर्धशतक पूरा गरे। कुशलको यो वन डे मा छैटौँ अर्धशतक हो। 

अहिले क्रिजमा कुशल ९२ र आशिफ शेख ५५ रनमा नटआउट छन्।  

जिम्बाबेस्थित हरारे स्पोट्र्स क्लबमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २७.३ ओभरमा विना विकेटको क्षति १ सय ५४ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .