क्रोएसियालाई टाइब्रेकरका पराजित गर्दै स्पेनले युईएफए नेसन्स लिगको उपाधि उचालेको छ।
आइतबार राति भएको फाइनलमा स्पेनले क्रोएसियालाई ५–४ ले पराजित गर्दै स्पेनले ११ वर्षपछि अन्तराष्ट्रिय ट्रफी उचालेको हो।
स्पेनले यसअघि सन् २०११ मा युरो कपको उपाधि उचालेको थियो। त्यसयता कुनैपनि अन्तराष्ट्रिय उपधि जित्न सकेको थिएन।
निर्धारित समय र त्यसपछि थप गरिएको समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो।
म्यान अफ दि म्याच रोड्रिले भने, 'हामी धेरै खुसी छौ, यो साञ्चै गाह्रो धेरै गाह्रो थियो।'
स्पेनिस टोलीमा रहेका युवा खेलाडीहरू अंशु फाती, ग्यावी, येरेमी पिनो लगायतका थुप्रै खेलाडीका लागि यो नयाँ सुरुवात हुनसक्छ।
12
Shares
प्रतिक्रिया