आईसीसी विश्वकप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज (मंगलबार) अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ।
खेल नेपाली समयानुसार दिउँसो पाैने १ बजे जिम्बाब्वेको ताकासिंगा स्पोर्ट्स क्लबमा हुनेछ।
आजको खेलमा नेपाल र अमेरिका दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्।
नेपाल पहिलो खेलमा जिम्बाब्वेसँग ८ विकेटले हार्यो भने अमेरिका वेस्टइन्डिजसँग ३९ रनले।
नेपाल र अमेरिकाबीच अहिलेसम्म ३ ओडीआई खेल भएको छ।
जसमा नेपालले ३ खेलमा जित, २ मा हार र एक खेल बराबरीमा सकिएको छ। नेपाल र अमेरिकाबीचको ६ खेल आइसिसी विश्वकप लिग २ मा भएको थिए।
विश्वकप छनोटमा नेपाल घरेलु टोली जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेको समूह एमा छ। समूह बीमा श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र यूएई छन्।
36
Shares
प्रतिक्रिया